बाग्लुङमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, एक जना घाइते



बाग्लुङ : जिल्लाको बडिगाड गाउँपालिका-६ मा जीप दुर्घटना हुँदा डेढ वर्षीया बालिकासहित २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा जीपमा सवार बडिगाड गाउँपालिका-६ की अन्दाजी २३ वर्षीया टेकमाया श्रीष र नाम नखुलेकी उनकी डेढ वर्षीया छोरीको मृत्यु भएको वडा अध्यक्ष मौसम काजी क्षेत्रीले बताएका छन् ।

बडिगाड-६ सुडखुडीबाट पालिका मुकाम खौलारा बजार जाँदै गरेको लु १ ज ४३७० नम्बरको जिप सडकबाट खसेको हो । सडकमा रोकी राखेको जीप एक्कासि गुडेपछि सडकबाट झण्डै ७ सय मिटर तल खसेको बागलुङ प्रहरीले जनाएको छ ।

सोही जीपमा सवार मनकुमारी रोका गम्भीर घाइते छन् । उनलाई उपचारका लागि वडिगाड पोली क्लिनिकमा पुर्याईएको छ ।

सडकमै जीप रोकेर स्थानीयको सामान लिँदै गर्दा जिप एक्ककासी सडकबाट खसेको चालक रविलाल बुढाले बताए ।

प्रकाशित :८ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्