देशभर कोरोना सक्रिय संक्रमितको संख्या १८ हजार ८८४



काठमाडौं : स्वास्थ्य मन्त्रालयले देशभर कोरोना सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ पुगेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८१ पीसीआर परीक्षण भएको छ भने क्वारेन्टिनमा रहेकाहरुको संख्या ६२९ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म ३६५ जनाको आईसीयु र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । आज १९८० नयाँ संक्रमित थपिएका छन् ।

प्रकाशित :८ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्