शुल्क विवादमा पक्राउ परेका विद्यार्थी धरौटीमा छुटे



काठमाडौं : विद्यालय शुल्कको विवादमा पक्राउ परेका मोर्गन इन्टरनेसन कलेज, बसुन्धाराका विद्यार्थी धरौटीमा छुटेका छन् ।

कक्षा १२ को परीक्षा दिने ति विद्यार्थीलाई जनही ४ हजार रुपैयाँ धरौटीमा छोडिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली पराजुलीले जानकारी दिएका छन् ।

मोर्गन कलेजले विद्यार्थीले अभद्र व्यवहार गरेको दाबीसहित प्रहरीमा उजुरी दिएको थियो । अभिभावकहरूले भने गैरकानुनी शुल्कको विरोध गरेका विद्यार्थी र अभिभावकविरुद्ध कलेजले उजुरी दिएको बताएका छन् ।

आंशिक परीक्षा दिनुपर्ने विद्यार्थीसँग पनि कलेजले प्रतिविषय जनही १२ हजार रुपैयाँ र सेनिटाइजर बापत ६ हजार रुपैयाँ मागेको अभिभावकको भनाइ छ । राष्ट्रिय परीक्षा बोर्डले भने आंशिक विद्यालयसँग शुल्क लिने अधिकार कलेजलाई नभएको बताएको छ ।

प्रकाशित :८ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्