श्रृंगलाको नेपाल भ्रमण द्विपक्षीय सम्बन्धलाई अघि बढाउन महत्त्वपूर्ण : भारत



काठमाडौँ : भारतले बिहीबार र शुक्रबार हुने विदेश सचिव हर्षवर्द्धन श्रृंगलाको नेपाल भ्रमण दुई मुलुकबीचको द्विपक्षीय सम्बन्धलाई अघि बढाउन निकै नै महत्त्वपूर्ण हुने जनाएको छ ।

भारतको विदेश मन्त्रालयले सचिव श्रृंगलाको नेपाल भ्रमणको मिति सार्वजनिक गर्दै भनेको छ,‘भारत र नेपालबीच रहेको द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन यो भ्रमण निकै नै महत्त्वपूर्ण हुनेछ ।’

विदेश सचिवको रुपमा कार्यभार सम्हालेपछि श्रृंगलाको यो पहिलो भ्रमण हो । नेपालको परराष्ट्र मन्त्रालयले पनि उनको नेपाल भ्रमणको सोमबारै मिति सार्वजनिक गरेको छ ।

‘यो भ्रमण भारतको नेपालसँगको सम्बन्धको प्राथमिकता र दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरता अनुरुप रहेको छ,’ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘भ्रमणको क्रममा विदेश सचिवले आफ्नो समकक्षी र अन्य विशिष्ट नेपाली अधिकारीहरुलाई भेटेर दुई देशबीच विस्तृत द्विपक्षीय सहयोगको बारेमा छलफल गर्नु हुनेछ ।’

विदेश मन्त्रालयले नेपालसँग भारतको ऐतिहासिक तथा मानव सभ्यताका कडीहरु जोडिएको उल्लेख गर्दै हालका वर्षहरुमा भारतको सहयोगमा कैयौं प्रमुख पूर्वाधार तथा अन्तरदेशीय कनेक्टिभिटि परियोजनाहरु सम्पन्न हुनुका साथै द्विपक्षीय सहयोग सुदृढ भएको दाबी गरेको छ ।

नेपाल र भारत बीच नक्सा विवाद आएपछि नेपाल भ्रमण गर्ने विदेश सचिव श्रृंगला तेस्रो ठूलो भारतीय अधिकारी हुन् । यस अघि भारतको बाह्य गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल र भारतीय सेनाका सेनाध्यक्ष एमएम नरवणेले नेपालको भ्रमण गरिसकेका छन् ।

नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भने सचिव श्रृंखलाको उक्त भ्रमण नियमित रहेको जनाएको छ । ‘उनीहरु बीचमा द्धीपक्षीय सहकार्य र विभिन्न विषयमा वार्ता हुने छन्,’ परराष्ट्र मन्त्रालयको विज्ञप्तीमा भनिएको छ । नेपालसँग भारतले सीमा समस्या समाधानको विषयमा हालसम्म वार्ता गर्न चाहेको छैन । उक्त भ्रमणमा सीमा विवाद सम्बन्धमा वार्ता हुन्छ वा हुन्न भन्ने बारेमा कुनै पनि उल्लेख गरिएको छैन ।

परराष्ट्र मन्त्रालयका अनुसार विदेश सचिव श्रृंगलाले भ्रमणकै दौरान नेपाललाई कोभिड–१९ सम्बन्धी सामग्री पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । कान्तिपुर दैनिकमा जगदीश्वर पाण्डेले लेखेका छन् ।

प्रकाशित : मंसिर ९, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ : नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक शुक्रबार बस्दै छ । बैठक दिउँसो १

काठमाडौँ : एसीड आक्रमणमा परेकी वीरगंज निवासी मुस्कान खातुनले अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्ल्युओसी) पुरस्कार पाउने

एजेन्सी : टर्कीमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दक्षिण पूर्वी

काठमाडौँ : विकसित राजनीतिक घटनाक्रममा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस अझै अनिर्णित नै छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा संसदीय दलको बैठकका लागि नेकपाका अध्यक्ष पुष्पकमल

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले छिट्टै निर्वाचन गर्ने सहमतीका साथ ओली बाहेकका शक्तिहरु

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक समस्या समाधानका निम्ति निर्वाचन आयोगले

काठमाडौँ । सरकारले नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ

गुल्मी : गुल्मीको भाडगाउँमा युवतीको हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

काठमाडौं : राजनीतिक रूपमा विभाजन भइसकेको नेपाल कम्युनिष्ट पार्टीका दुई समूहका दोस्रो तहका नेताहरूले छलफल

काठमाडौं– राष्ट्रिय सभा सदस्य कोमल वलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रेम गर्नु भनेको देशलाई प्रेम

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संसदले दिएका निर्देशन समयमै कार्यान्वयन गराउन संसद आफैले