कक्षा १२ को परीक्षा सहज रुपमा सञ्चालन भएको भन्दै मन्त्री पोखरेलद्वारा खुशी व्यक्त



काठमाडौं : शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा सहज रुपमा सञ्चालन भएको भन्दै खुसी व्यक्त गरेका छन् । कक्षा १२ को परीक्षा आज (मंगलबार)देखि शुरु भएको हो ।

आज बिहान काठमाडौं उपत्यकाका परीक्षा केन्द्रहरुको अनुगमन गर्दै मन्त्री पोखरेलले सो कुरा बताएका हुन् ।

‘परीक्षा कहिले हुने, कसरी हुने भन्ने एक किसिमको अन्यौल र मनोवैज्ञानिक त्रास थियो,’ विश्व मन्त्री पोखरेलले भने–‘अहिलेको चुस्त व्यवस्थापनबाट परीक्षा भयो, विद्यार्थीहरुको उच्च शिक्षाको बाटो खुल्यो, मलाई एकदमै खुसी लागेको छ ।’

देशभरका चार हजार एक सय पाँच परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको छ । यस वर्षको परीक्षामा देशभरबाट चार लाख ३३ हजार दुई सय परीक्षार्थी सहभागी छन् ।

प्रकाशित : मंसिर ९, २०७७

प्रतिक्रिया दिनुहोस्