बालिका बलात्कारपछि हत्या प्रकरण : बर्दिवासमा देखिएको यो दृश्य (फोटोफिचर)



महोत्तरी : महोत्तरीको बर्दिबास नगरपालिका–१४ स्थित शुभम् बस्तीकी एक बालिकाको बलात्कारपछि हत्या गरिएको विरोधमा महोत्तरीमा तनाव भएको छ । आक्रोशित स्थानीयले बालिकाको शव सडकमा राखेर प्रदर्शनमा उत्रिएका छन् ।

No description available.

६ वर्षीय बालिका गुलाब साह खातुनको आइतबार साँझदेखि हराएकी थिइन्, भने उनको शव सोमबार राति बोराना राखेर फ्याकिएको अवस्थामा फेला परेको थियो ।

No description available.

आक्रोशित स्थानीयले अहिले बर्दिबासको मुख्य सडकमा बालिकाको शव राखेर ‘बलात्कारीलाई फासी दिनुपर्ने’ माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

No description available.

यता प्रहरीले बालिकाको हत्या गरेको आरोपमा महोत्तरीकै गौशाला नगरपालिका–५ स्थायी ठेगाना भएका अरुण कुमार साहलाई पक्राउ गरेको छ ।

No description available.

पक्राउ परेका साहको बर्दिवास नगरपालिका–१४ स्थित घरमा स्थानीयवासीले तोडफोड गर्दै आगे लगाइदिएका छन् । आगो नियन्त्रणमा लिन बर्दिबास नगरपालिकाबाट पुगेको दमकललाई स्थानीयले रोकेका छन् भने आगो निभाउन दिएका छैनन् ।

No description available.

यसैगरी इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी नायव उपरीक्षक राजन चापागाईंले स्थानीहरुको अत्यधिक भीड रहेको र उनीहरुले आगो नियन्त्रण गर्न नदिइरहेकोले अहिलेसम्म आगो नियन्त्रणमा नआएको बताए ।

No description available.

घटनास्थलमा रहेका प्रहरी नायव उपरीक्षक चापागाईंले प्रदर्शनलाई नियन्त्रण गर्न करिब २२ राउण्ड अश्रु ग्यास प्रहार गरिएको जानकारी दिए ।

No description available.

मुख्य सडकमै शव राखेर स्थानीयहरुले प्रदर्शन गर्दा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

No description available.
No description available.
No description available.

प्रकाशित : मंसिर ९, २०७७

प्रतिक्रिया दिनुहोस्