सवारी दुर्घटनामा एकको मृत्यु, ४ जना घाइते



कपिलवस्तु : बुद्धभुमी नगरपालिकामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

पुर्वपश्चिम राजमार्गको गोरुसिंगे जंगल नजिक आज (मंगलबार) विहान भएको दुर्घटनामा परि एकजना भारतिय नागरिकको मृत्यु भएको हो ।

युपि ४२ बि टी २३९१ नम्बरको भारतीय बल्कर र ना ८ प २५२५ नम्बरको यात्रु बाहक बस ठोकिँदा भारतको अयोध्या वस्ने वर्ष ६० को बल्कर चालक मुन्नीलाल चौहानको घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा सवार ४ जना घाइतेहरूको स्थानिय मेडिकलमा उपचार भैरहेको छ भने अवस्था सामान्य रहेको छ ।

प्रकाशित :९ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्