ओली नेतृत्वकै सरकारले ५ वर्ष सरकार सञ्चालन गर्छ : विष्णु पौडेल



बुटवल : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले नै ५ वर्ष काम गर्ने बताएका छन् ।

मंगबार गृह जिल्ला बुटवल पुगेका महासचिव पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकारले पाँच वर्ष सरकार सञ्चालन गर्ने बताएका हुन् ।

पार्टीभित्र भइरहेको आन्तरिक खटपटले अस्थिरता आउँछ कि भन्ने आशंका भइरहेको बेलामा वर्तमान सरकार स्थिर रहने कुरामा विश्वस्त हुन उनले आग्रह गरे ।

‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकारले पाँच वर्ष सरकार सञ्चालन गर्छ’, अर्थमन्त्री पौडेलले भने–‘अस्थिरता हुन्छ कि भन्ने आशंका गर्न जरुरी छैन। विश्वस्त रहनुस ५ वर्ष सरकारले काम गर्छ ।’

रुपन्देहीको सैनामैनास्थित पर्रोहा माध्यमिक विद्यालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै बुधबार पौडेलले जनताको जनादेश अनुसार नै सरकारले काम गर्ने बताए ।

प्रकाशित : मंसिर १०, २०७७

प्रतिक्रिया दिनुहोस्