करेन्ट लागेर महोत्तरीमा एक पुरुषको मृत्यु



महोत्तरी : महोत्तरीमा करेन्ट लागेर ४१ वर्षीय पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भंगाहा नगरपालिका–९ पथलैया बस्ने ४१ वर्षीय रामनारायण साह रहेका छन् ।

मंगलबार राति भंगाहा नगरपालिका–४ कोबीबारीस्थित काउली खेतमा लगाएको विद्युतीय तारको घेरामा पर्न जाँदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

सोही स्थान भएर हिँड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि शुभस्वस्तिक अस्पताल बर्दिबासतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १०, २०७७

प्रतिक्रिया दिनुहोस्