मुखमा कालोपट्टी बाँधेर स्वतन्त्र युवाद्वारा जलेश्वरमा प्रदर्शन



जनकपुरधाम : महोत्तरीको बर्दिवास घटनाको विषयलाई लिएर आज (बुधबार) महोत्तरीको सदरमुकाम जलेश्वरमा समेत स्वतन्त्र युवाहरुले मुखमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् ।

युवा नेता आशुतोष झा नवीनको नेतृत्वमा बर्दिवासको घटनालाई लिएर स्वतन्त्र युवाहरूले मुखमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् ।

६ वर्षीया वालिका गुलबसाह खातुनको हत्याको विरोधमा मंगलबार बर्दिबासमा पीडित परिवारको न्यायका लागि आन्दोलन गर्ने क्रममा प्रहरीले दमन गरि आन्दोलनकारी माथी चार राउण्ड गोलि प्रहार गर्दा स्थानीय तिन जना व्यक्ति घाइते भएका थिए ।

No description available.

घाइतेमध्येका स्थानीय युवक सञ्जय न्यौपानेको उपचारको क्रममा बुधबार बिहान काठमाडौंमा मृत्यु भएको छ । न्यौपानेलाई प्रहरी प्रशासनले हत्या गरेको भन्दै त्यसको विरोधमा महोत्तरीको जलेश्वर नगरपालिकामा आज युवाहरुद्वारा मुखमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरिएको युवा नेता आशुतोष झा नवीनले जानकारी दिए ।

प्रदर्शनमा सहभागीहरुले जनतालाई गोली हान्ने प्रहरीलाई कारवाही गर, संजय न्यौपानेलाई सहिद घोषणा गर, बलात्कारीलाई फाँसी दे, ६ वर्षीया बालिका गुलबसा खातुनलाई न्याय दे लगायतको नारा लेखिएको प्लेकार्ड समेत बोकेका थिए ।

No description available.

उता, बर्दिबासमा बालिका गुलबसा खातुनको बालात्कार पछि हत्या गरिएको घटनाविरुद्ध आज भङ्गहा बजारमा समेत विरोध प्रदर्शन एवं श्रद्धाञ्जली सभाको आयोजना हुन लागेको छ ।

प्रकाशित : मंसिर १०, २०७७

प्रतिक्रिया दिनुहोस्