सिरहामा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु



जनकपुरधाम : सिरहामा सवारी दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ ।

ट्राफिक प्रहरी नायव निरिक्षक रामकुमार यादवका अनुसार सिरहा–चोहर्वा सडकखण्ड अन्तर्गत सिरहा नगरपालिका–१० पदमपुरमा ना ५ ख ५५१८ नम्बरको माँ शेराबाली बस र प्रदेश २–०१००१–प १२५९ नम्वरको मोटरसाइकल एक आपसमा ठोकिएका हुन् ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार सिरहा नगरपालिका–११ भलुवाहीका जगदेव कामतीका २५ वर्षिय छोरा देव नारायण कामती र सोही ठाउँका कारीराम कामतीका २६ वर्षिय छोरा अरुण कुमार कामतीको ज्यान गएको हो ।

आज ९बिहीबार० दिउँसो सिरहाबाट चोहर्वा तर्फ जाँदैगरेको बस विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किएर उक्त दुर्घटना भएको थियो । घटना विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ११ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्