प्रिमियर लिग : लिभरपुल र ब्राइटन भिड्दै



काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा आज लिभरपुल र ब्राइटनबीच प्रतिस्पर्धा हुने भएको छ। लिभरपुल र ब्राइटनबीचको खेल नेपाली समय अनुसार साँझ ६:१५ बजे सुरु हुनेछ ।

लिभरपुल ९ खेलमा २० अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ भने ब्राइटन ९ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत आजै हुने अर्को खेलमा म्यानचेस्टर सिटीले बर्नलीसँग, एभर्टनले लिड्स युनाईटेडसँग, वेस्ट ब्रुम र सेफिल्ड युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्