नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु, ओलीले लिखित जवाफ प्रस्तुत गर्दै



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार दिउँसोबाट सचिवालय बैठक शुरु भएको हो ।

पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पछिल्लो समय बढेको विवादका कारण यो बैठकलाई महत्वपूर्ण मानिएको छ ।

अध्यक्ष प्रचण्डले मंसिर ३ गते बसेको सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावको जवाफ अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आजको बैठकमा दिने कार्यसूची रहेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक शुरु भएको बताएका छन् । उनले प्रधानमन्त्री ओलीले लिखित जवाफ प्रस्तुत गर्ने बैठकको कार्यसूची रहेको जनाएका छन् ।

प्रकाशित : मंसिर १३, २०७७

प्रतिक्रिया दिनुहोस्