आठौं राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशलाई एपिएफले हरायो



बाँके : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा एपिएफले गण्डकी प्रदेशलाई २–१ ले पराजित गरेको छ। जितसँगै एफिएफले दोस्रो जित दर्ता गरेको छ। अग्रता भने गण्डकी प्रदेशले खेलको २७ औ मिनेटमा टीकाराम गुरुङको गोलबाट लिएको थियो।

तर, त्यसपछि लगातार दुई गोल गर्दै एपिएफले तीन अंक जोड्न सफल रह्यो। पहिलो हाफमा १–० ले पछि परेको एपिएफका लागि ५७ औ मिनेटमा राजेन्द्र रावलले बराबरी गोल फर्काए। ७९ औ मिनेटमा युवा फरवार्ड आशिष लामाले एपिएफका लागि विजयी गोल गरे।

अघिल्लो खेलमा घरेलु टोली प्रदेश ५ संग पराजित एपिएफलाई प्रतियोगितामा पुनरागमन गर्न जित आवश्यक थियो। समुह ‘ए’ मा प्रदेश ५ र एपिएफको समान ६ अंक भएको छ। एपीएफले लिग चरणको अन्तिम खेलमा तीन नम्बर प्रदेशसंग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्