नेपाली सेनाको जंगी अड्डामा रक्षामन्त्री फेङ्हे



काठमाडौं : एक दिन नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाली सेनाको जंगी अड्डा पुगेका छन् ।

भद्रकालीस्थित जंगीअड्डा पुगेका चिनियाँ रक्षामन्त्री फेङ्हेलाई नेपाली सेनाको एक टोलीले सम्मान गारद अर्पण गरेका थिए ।

रक्षामन्त्री फेङ्हे २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आइतबार बिहान काठमाडौं अवतरण गरेका हुन् । प्रतिनिधिमण्डलमा जनमुक्ति सेनाका उच्च अधिकारीसमेत छन् ।

आइतबार नै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने छन् । साथै प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । उनी आजै काठमाडौंबाट बंगलादेश जाने कार्यक्रम रहेको छ ।

प्रकाशित : मंसिर १४, २०७७

प्रतिक्रिया दिनुहोस्