‘नेपाल–भारतको मुख्य नाका नखोलिए रोटिबेटीको सम्बन्ध टुट्छ’



पर्सा : नेपाल–भारत सीमा नाका खुलाउन माग गर्दै नेपालकै मुख्य प्रवेशद्वार र वीरगन्ज भन्सार कार्यालय अगाडि अनिश्चितकालिन धर्ना शुरु गरिएको छ । भारततर्फको सिमानाका खुलेपनि नेपालतर्फको नाका अहिलेसम्म बन्द रहेकोले नाका खोल्नुपर्ने माग राख्दै नेपाल भारत सम्वाद समूहले अनिश्चितकालिन धर्ना शुरु गरेको हो ।

विश्वभरी फैलिएको कोरोना महामारीलाई नेपालमा नियन्त्रण गर्नको लागि चैत ११ गतेदेखि अनिश्चितकालिन नेपालतर्फको नाका पूर्णरुपमा बन्द गरिएको छ । मालबाहक सवारी साधन बाहेक अन्य सम्पूर्ण सवारी साधन तथा पैदल आवतजावतलाई समेत नेपाल प्रवेशमा रोक लगाइएको छ ।

भारतले जनताको राहतको लागि आफ्नोतर्फको सीमानाका खोलेपनि नेपालतर्फको नाका सरकारले अहिलेसम्म खोलेको छैन । लामो समयदेखि नाका बन्द हुदाँ सीमा क्षेत्रमा बसोबास गर्ने जनता अत्यन्तै प्रभावित बनेका छन् । चर्को मूल्यको मार खेप्नुको साथै सदियौंदेखि चल्दै आएको रोटीबेटीको सम्बन्धमा समेत दराद आवन थालेको छ ।

मुख्य नाका बन्द गरेपनि अन्य सीमातर्फबाट खुलेयाम तस्करी, तथा मानिसको समान्य आवत जावत कायमै छ । मुख्यत दुई देशको बिहेवारी तथा पर्यटनको सम्बन्ध ध्वस्त भएका छन् । विगत ९ महिनादेखि नेपाल सरकारले मधेसी जनतालाई गरिब बनाउने सुनियोजित तरिकाले नाका बन्द गराएको समाजिक अभियानता ओमप्रकाश सर्राफको आरोप छ ।

मुख्य सिमानाका बन्द हुदाँ सीमा क्षेत्रको जनता मात्र प्रभावित छैनन् । देशको अर्थतन्त्रमा समेत ठूलो असर पुगेको छ । मुलुकको अर्थतन्त्रमा पर्यटन क्षेत्रले ठूलो योगदान पु-याउँदै आएको छ । नेपालमा ७० प्रतिशतभन्दा बढी पर्यटन भारततर्फबाट नै भित्रिने गरेका उनले बताए ।

तर, मुख्य नाका बन्द हुदाँ भारततर्फबाट आउने पर्यटन नेपाल नभित्रिदा यहाँको अर्थतन्त्रमा पनि ठूलो असर पुगेको भिजित मधेसका संयोजक समेत रहेको अभियान्ता सर्राफले बताए । स्थानिय जनताले जसरी पनि भारततर्फ किनमेल गरिरहेको छन्, यहाँको पैसा उत्ता गईनै रहेको छ तर उत्ताको पैसा नेपाल भित्र्न सकेको छैन जसले गर्दा अर्थतन्त्रमा असर पुगिरहेको छ ।

ओली सरकारको विभेदका कारण मधेसी जनताले समस्या भोग्नु परेको जनता समाजवादी पार्टीका महिला नेतृ मुन्नी श्रीवास्तवले आरोप छ । कोरोना पहिचान गरेर आउछ ? भारततर्फबाट मालबाहक गाडी ल्याउँदा कोरोना सर्दैन ? आक्रोशित हुँदै श्रीवास्तवले भनिन्, नेपाल प्रहरी, भन्सारका कर्मचारी भारततर्फ किनमेल गर्न जाँदा कोरोना सर्दैन, आम जनता जाँदा कोरोना सर्छ ।
नेपाल भारत सीमा बन्द हुँदा दुबैतर्फका मानिसहरुलाई कठिनाइ परेको, वीरगञ्जमा व्यापार ब्यवसायमा धक्का पुगेको र सामाजिक सांस्कृतिक कार्य पनि गर्न बाधा भइरहेकाले चाँडै बोर्डर खुलोस् भनि जनस्तरबाट आवाज उठन थालेपनि नेपाल भारत खुल्ला सीमा सम्वाद समूहको ब्यानर मुनि आबद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा धर्ना प्रर्दशन अनिश्चितकालिन शुरु गरिएको हो ।

प्रकाशित : मंसिर १४, २०७७

प्रतिक्रिया दिनुहोस्