
नवलपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुर जिल्लाको सदरमुकाम सिलान्यास गरेका छन् । शनिबार कावासोतीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानमा यस क्षेत्रलाई जिल्ला कायम गर्न आफूले धेरै मेहनत गर्नु परेको बताए ।
‘यस क्षेत्रलाई जिल्लाको रुपमा स्थापित गराउन र यसलाई प्रदेश नं ४ मा राखेर भारतसँग सिमाना जोडाउन मैले धेरैजना नेताहरुलाई सम्झाउनु पर्यो’, प्रधानमन्त्री ओलीले भने, ‘अब यो नयाँ जिल्लाले आफूलाई देश कै नमुना जिल्लाको रुपमा पहिचान बनाउनु पर्दछ ।’
प्रधानमन्त्री ओलीले आगामी तीन वर्ष भित्र हरेक घरमा बिजुली पुर्याइने बताएका छन् । ‘केही वर्ष भित्र दाउन्नेका पहाडमा सुरुंग मार्ग बनाउछौँ’, प्रधानमन्त्री ओलीले भने, ‘धौबादीमा रहेको फलाम खानीको उत्खनन् सुरु गर्छौं र हजारौंलाई रोजगारी पनि दिन्छौं ।’