जनकपुरधाम टि–२० टुर्नामेन्टमा आज दुई खेल : जनकपुर र जलेश्वर विजयी



जनकपुरधाम : जनकपुरधाम टि–२० टुर्नामेन्ट अन्तर्गतको चौथो दिनको दुई अलग अलग खेलमा जलेश्वर क्रिकेट टिम र जनकपुर क्रिकेट एकेडमी विजयी भएका छन् ।

जनकपुरधामको रंगभूमी मैदानमा आज भएको पहिलो खेलमा जलेश्वर क्रिकेट टिमले रामगोपालपुर राइनो टिमलाई ४ विकेटले पराजित गरेको छ । रामगोपालपुर राइनोले दिएको ८३ रनको लक्ष्य जलेश्वरले अरुण मण्डलको ३६ र हरेराम झाको १९ रनको सहयोगमा १३ औँ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

रामगोपालपुर राइनोको बलिङ्गमा कैलाश मण्डल, मनिष मण्डल र आकाश पाण्डेले समान २÷२ विकेट लिएका थिए । त्यसअघि व्याटिङ्ग गरेको रागोपालपुरले निर्धारित २० ओभरमा मात्र ८२ रनको स्कोर खडा गर्न सकेको थियो ।

No description available.

रामगोपालपुरका लागि अभिशेक यादव र आकाश पाण्डेले १६/१६, दीपु कर्णले १२ रन बनाउनुका अतिरिक्त अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । रामगोपालपुरको तर्फबाट अभिशेक तिवारीले ३ र अरुण ठाकुरले २ विकेट लिएका थिए ।

त्यस्तै आजै भएको अर्को खेलमा गौरीपुर क्रिकेट एकेडमीलाई जनकपुर क्रिकेट एकेडमीले ६ विकेटले पराजित गरेको छ । गौरीपुरले दिएको १ सय ३ रनको लक्ष्य जनकपुर क्रिकेट एकेडमीले मात्र ४ विकेटको क्षतिमा पूरा गरेको थियो । जनकपुरका लागि शोभाकान्त पाण्डेले २९, हरिशंकर साहले २८ रनको योगदान गरेका थिए ।

गौरीपुरको बलिङ्गमा अमित कुशवाहाले २ विकेट लिएका थिए । पहिले ब्याटिङ्ग गरेको गौरीपुर अमित कुशवाहाको ३६, पंकज दासको २५ रनको सहयोगमा १ सय २ रनको स्कोर खडा गरेको थियो । जनकपुरको बलिङ्गमा सुजित मण्डल र हरिशंकर साह ३÷३ विकेट लिएका थिए ।

बिहीबारदेखि जारी प्रतियोगितामा भारतको १ र नेपालको १५ गरि कुल १६ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्