सन्दीपको बलमा क्रिस गेल आउट, पञ्जावका तीन विकेट लिए



काठमाडौँ : दुई खेलपछि अवसर पाएका नेपाली स्पिनर सन्दीप लामिछानेले किङ्स इलेभेन पञ्जावविरुद्धको खेलमा तीन विकेट लिएका छन् । 

दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा भइरहेको खेलमा सन्दीपले पहिलो विकेटका रुपमा केएल राहुललाई ९ बलमा १२ रन बनाएको अवस्थामा पेभेलियन फर्काए । सन्दीपले दोस्रो ओभरको चौथो बलमा राहुललाई आउट गरेका हुन् । 

त्यसपछि १२ औँ ओभरमा सन्दीपले दुई विकेट लिए । सन्दीपले दोस्रो बलमा क्रिस गेललाई पटेलको हातबाट बाउन्ड्री नजिकै क्याच आउट गराए । त्यसपछि १२ औँ ओभरकै अन्तिम बलमा एसएम क्युरनलाई आउट गर्न सफल भए । दिल्लीका लागि अन्य दुई विकेट के रबडा र एआर पटेलले लिएका छन् । 

सन्दीपले ४ ओभर बलिङ गर्दै ४० रन खर्चिएका छन् । ताजा अवस्थामा पञ्जावले १५ ओभर बलिङ गर्दै ५ विकेटको क्षतिमा १२३ रन बनाउन सकेको छ । 

प्रतिक्रिया दिनुहोस्