कैलालीका ७ सहित सुदूरपश्चिममा २४ जना कोरोना संक्रमित थपिए



धनगढी : कैलालीका ७ सहित सुदूरपश्चिमका थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा सोमबार २९८ जनाको परीक्षण गर्दा थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका ६ जनामा संक्रमण देखिएको जानकारी दिए । ठेगाना नखुलेका १ जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका १३ जना र कृष्णपुर नगरपालिकाका १ जनामा कोराना पुष्टि भएको छ ।

यस्तै बझाङका २ जना र दार्चुलाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित :१५ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्