देशभरको मौसम सामान्यतया सफा : महाशाखा



काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ ।

मुलुकमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले मौसम बदली वा पानी पर्ने सम्भावना तत्कालका कारण अहिले देशभरको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको हो ।

मंगलबार दिनभर नै देशभर मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

आज राति गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै बुधबार बागमती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । साथै राति गण्डकी, बाग्मती र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

बिहीबार भने गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । राति गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित : मंसिर १६, २०७७

प्रतिक्रिया दिनुहोस्