ब्राजिलमा कोरोनाबाट एक लाख ७३ हजारको मृत्यु



ब्रासिलिया : दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट एक लाख ७३ हजार १२० जनाको मृत्यु भएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २१ हजार १३८ जना संक्रमित भएका र २८७ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ६३ लाख ३५ हजारभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् ।

कोरोना भाइरसबाट विश्वमै ब्राजिल दोस्रो सर्वाधिक असर परेको मुलुक हो । मृत्यु संख्याका दृष्टिबाट संयुक्तराज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले सोमबारसम्ममा विश्वभर १४ लाख ७४ हजारको मृत्यु भइसकेको जनाएको छ । कोरोना संक्रमितको संख्या विश्वभर छ करोड ३६ लाख पुगिसकेको छ भने चार करोड ३९ लाख व्यक्ति संक्रमणमुक्त भएका छन् । प्राप्त समाचार अनुसार अझै पनि विश्वभर एक लाखको हाराहारीका व्यक्ति गम्भीर स्वास्थ्य समस्यामा छन् ।

संयुक्तराज्य अमेरिकामा गएको २४ घण्टामा मात्र एक हजार २३८ जनाको मृत्यु भएको थियो । यो सहित अमेरिकामा मृत्यु हुनेको कूल संख्या दुई लाख ७४ हजार नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा २८३ जना कोरोना संक्रमित थपिएका छन् भने ३ जनाको मृत्यु

कैलाली : सरकारले देशभर कोरोनाभाइरस विरुद्धको खोप अभियान शुरु गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि आज खोपको

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराईसक्ने बताएका

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स,

काठमाडौं : सर्वाेच्च अदालतका चार पूर्व प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमै अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।

काठमाडौं : नेकपाका उपाध्यक्ष बामदेव गौतमले आज (बुधबार) पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै छन्

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा बहस जारी छ । आज रिट

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले आज मंगलबार भारतको ७२ औं गणतन्त्र दिवस मनाएको छ । सो

काठमाडौं : पछिल्लो २४ घण्टामा ३०३ जना कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु

काठमाडौं : ६९ औं विश्व भन्सार दिवस भव्यतका साथ मनाइएको छ । भन्सार विभाग, निजी

काठमाडौं : राष्ट्रपति विद्या भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले मंगलवार भेटघाट गरेका छन्

काठमाडौं : कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौँ उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको छ