अग्ला हिल जुत्ता लगाउँदाका असर



केटीहरूलाई कस्ता जुत्ता मन पर्छ भनेर सोध्ने हो भने अधिकांशको उत्तर हाई हिल नै आउन सक्छ। पछिल्लो समय अग्ला हिला भएका जुत्ता लगाउनेको संख्या बढ्दै पनि गइरहेको छ। विभिन्न पार्टी र समारोहमा जाँदा केटीहरुले विशेष गरी हिल जुत्ता लगाउने गर्छन्। यसले आफूलाई सुहाएको र राम्री देखिएको उनीहरुले महसुस गर्नु स्वाभाविकै हो। 

हिल जुत्ताको प्रयोगले महिलालाई अझ सुन्दर र बोल्ड देखाउँछ पनि। तर यसरी नियमित रुपमा हिल प्रयोग गर्दा भने शरीरमा नकारात्मक असर परिरहेको हुन्छ।विभिन्न अनुसन्धानकर्ताका अनुुसार यस्ता जुत्ताले महिलाको शरीरमा जटिलखाले समस्या उत्पन गराएको कुरा पत्ता लगाइसकेका छन्।

खट्टाले असन्तुलित रुपमा हाम्रो शरीरलाई धानिरहेको हुनाले ढाडको पछिल्लो भाग दुख्नुे समस्या देखा पर्न सक्छ। हिल जुत्ताको प्रयोगले पिँडुलाको मासु दुख्न सक्छ।अग्ला हिलले थप नसाहरु पलाउने काम गर्छ र भित्री रुपमा नै नसाहरुलाई कमजोर पारी दुख्न सक्छ। यो प्रयोग गर्दा सामान्यतया असजिलो हुने हुँदा खुट्टाको साथै पैताला, बूढीऔँलाको अघिल्लो भागमा पर्ने चापले गहिरो दुखाइ बढ्छ। कहीलेकाहीँ खुट्टा मर्कने डर पनि हुन्छ। 

अग्ला हिलयुक्त जुत्ताचप्पल लगाएर खाल्डा–खुल्डी परेको सडक, गिट्टी भएका कच्ची सडकमा हिँडेमा खुट्टा चिप्लिएर कुुर्कुच्चा भाँचिन सक्छ। अग्लो, भद्दा र घुमाउरो खुट्टा भएकाले हिल लगाएमा घुँडामा बढी दबाब परी हड्डी खिइन सक्छ, खुट्टामा पर्ने चापले रगतका नसामा पनि चाप परेको हुन्छ।

यो चापको परिणाम ती नसा फुट्न सक्छन्। अग्लो हिलको अप्राकृतिक स्थितिले पिँडुलाका रगतका नसामा चाप पर्छ। यसको परिणाम खुट्टा बांगिन्छन्। यस्तो अवस्थालाई घन अर्थात्, ह्यामर जस्ता खुट्टा पनि भनिन्छ।

अग्लो हिलले हाम्रो स्वास्थ्यमा धेरै किसिमका असर पार्छ। यस्ता जुत्ता प्रयोग गर्नुपरेमा केवल विशेष कार्यक्रममा थोरै समयका लागि मात्र उपर्युक्त हुन्छ।

प्रतिक्रिया दिनुहोस्