‘मेस्सी इतिहासकै सर्वाेत्कृष्ट फुटबलर हुन्’



एजेन्सी : स्पेनिस फुटबोली टोली बार्सिलोनाका पूर्वखेलाडी कार्लाेस पुयोलले मेस्सीलाई इतिहासकै सर्वोत्कृष्ट खेलाडी भएको बताएका छन्। 

१९९९ देखि १५ वर्षसम्म बार्सिलोनाको सिनियर टोलीमा बिताएका बार्सिलोनाका पूर्व डिफेन्डर पुयोलले शनिबार गोल डटकमसँगको अन्तर्वार्ताका क्रममा भने, ‘मेस्सी फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी भएको मलाई लाग्छ।’

बार्सिलोनाका पूर्वकप्तानसमेत रहेका पुयोलले थपे, ‘बार्सिलोना यसपालि तीन वटा उपाधि जित्ने पक्का छ। र त्यसमा मेस्सीका महत्वपूर्ण भूमिका रहनेछ।’ उत्कृष्ट लयमा रहेको बार्सिलोना ला लिगको शीर्ष स्थानमा छ भने च्याम्पियन्स लिगको पनि सेमिफाइनलमा पुगिसकेको छ। उसले कोपा डेल रे फुटबलको फाइनल पुगिसकेको छ। 

 

प्रतिक्रिया दिनुहोस्