भोलि पुनः बस्ने गरी नेकपा सचिवालय बैठक सकियो



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि (बुधबार) बस्ने गरी सकिएको छ । मंगलबार दिउँसोबाट प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठक भोलि पुनः बस्ने गरी सकिएको हो ।

बैठकमा नेकपा अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रस्तावमाथि छलफल भएको थियो ।

आजको बैठकमा अध्यक्षद्वयले पेश गरेको प्रस्तावमाथि नेताहरुले आफ्ना धारणा राखेका थिए । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दुवै प्रस्तावमाथि औपचारिक रुपमा छलफल पनि गर्ने र नेताहरुबीच अनौपचारिक संवादलाई पनि निरन्तरता दिने निष्कर्ष बैठकले निकालेको बताए ।

यसअघि मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्रीले ओलीले र कात्तिक २८ गते प्रचण्डले आ–आफ्नो प्रस्ताव पेश गरेका थिए । मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्रीले ओलीले प्रचण्डको प्रतिवेदनलाई आरोप पत्रको संज्ञा दिएका थिए । उनले ३८ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए ।

प्रकाशित : मंसिर १६, २०७७

प्रतिक्रिया दिनुहोस्