उपत्यकामा ५३० सहित देशभर १३०४ कोरोना संक्रमित थपिए, २१ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४० महिला र २९० पुरुष गरी ५३० जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै उपत्यकामा १ लाख ९ हजार ६५६ जना व्यक्ति संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४०९ , ललितपुरमा ८५ र भक्तपुरमा ३६ जनालाई कोरोना संक्रमण देखिएको छ ।

आज काठमाडौंमा ११, ललितपुर २ र भक्तपुरमा २ जना गरी १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म काठमाडौंमा मात्र ८८ हजार ३०२ जना संक्रमित भएका छन् । जसमध्ये ३८६ जनाको मृत्यु भएको छ । निको हुनेको संख्या ८१ हजार ११० छ । ललितपुरमा १३ हजार ३५९ जना संक्रमित भएका छन् । जसमा ११४ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ८८४ जना निको भएका छन् ।

भक्तपुरमा ७ हजार ९९५ संक्रमितमध्ये ९३ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार २९८ जना निको भएका छन् । काठमाडौमा आज ६ हजार ८०६, ललितपुरम १ हजार ३६१ र भक्तपुरमा ६०४ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज देशभर १ हजार ३०४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ । २४ घण्टामा २ हजार ७३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ ।

आज देशभर १६ हजार ६३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा मृत्यु हुने संक्रमितको संख्या १ हजार ५ सय २९ पुगेको मन्त्रलायले जनाएको छ ।

प्रकाशित :१६ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्