आगो ताप्दा जलेर वृद्धाको मृत्यु



अर्घाखाँची : अर्घाखाँचीमा आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा जिल्ल्लाको पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोक बस्ने ७१ वर्षीया पुतली नेपाली रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रामनाराण गुप्ताले जानकारी दिए।

घरमा एक्लै बसोबास गदै आएकी नेपालीको जलेर मृत्यु भएको हो। घरमा रहेको फलामको चुह्लोमा आगो ताप्दा कपडा जलेर उनको मृत्यु भएको हो। 

एक्लै बस्ने भएकाले उनको उद्धार हुन नसकेको स्थानीयले बताएका छन्। अन्नपूर्णपोष्ट दैनिकबाट

प्रकाशित : मंसिर १७, २०७७

प्रतिक्रिया दिनुहोस्