अर्घाखाँचीमा मृत अवस्थामा वृद्धाको शव फेला



काठमाडौं : अर्घाखाँचीमा ७१ वर्षीया वृद्धा मृत अवस्थामा फेला परेकी छन् । घरमा एक्कै बस्दै आएकी पाणिनी गाउँपालिका–२ पोखराथोककी ७१ वर्षीय पुतली नेपाली महिला मृत भेटिएकी हुन् ।

ती महिला चुल्हो नजिकै शरीको केही भागमा आगोले पोलेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकीका अनुसार केही ठाउँमा आगोले पोलेको भए पनि जलेरै मृत्यु भएको भन्न सकिने अवस्था भने छैन ।

शवको प्रकृति हेर्दा मुखबाट रगत पनि बगेको र वान्ता पनि भएकोले अन्य केही कारणले मृत्यु भएको हुनसक्ने डीएसपी बुढाथोकीले बताए ।

प्रकाशित : मंसिर १७, २०७७

प्रतिक्रिया दिनुहोस्