पशुपतिमा दाउराबाट शव जलाउने मेसिन जडान (भिडियोसहित)



काठमाडौं : पशुपतिनाथ मन्दिर परिसरमा दाउराबाट शव जलाउन सक्ने मेसिन जडान भएको छ ।

आजदेखि एभरेष्ट बैंक लिमिटेडले निर्माण गरेको वातावरण मैत्री र प्रदुषणरहित शवदाह गृह सञ्चालनमा आएको हो ।

बैंकले एक औपचारिक कार्यक्रम आयोजना गरी उक्त शवदाह गृह पुशपती क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । आजदेखि उक्त शवदाह गृहलाई सञ्चालनमा ल्याइएको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दाउराको खपत कम हुने र वातावरण प्रदूषणलाई पनि कम गर्ने भएकाले आधुनिक शवदाह गृह पशुपती क्षेत्रका लागि महत्वपूर्ण हुने बताए ।

आधुनिक शवदाह गृहले हिन्दुहरुको मृत्यु संस्कारलाई जोगाई राख्ने र वातावरणमा कम असर गर्ने विश्वास मन्त्री भट्टराईको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत करिब ६० लाख रुपैयाँमा आधुनिक शवदाह गृह निर्माण गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले आधुनिक शवदाह गृहमा ६० प्रतिशत दाउरा कम लाग्ने बताए । एउटा शव जलाउन बढीमा १ घण्टा १५ मिनेट लाग्ने छ ।

प्रकाशित :१७ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्