सुन तोलामा १६ सयले बढ्यो



काठमाडौं : बिहीबार सुनको मूल्य तोलामा १६ सयले बढेको छ । बुधबार ५ सयले बढेको सुनको मूल्य बिहीबार एकैपटक १६ सयले बढेको हो ।

बुधबार ९१ हजारमा कारोबार भएको छापावला सुनको मूल्य बिहीबारका लागि ९२ हजार ६ सयमा कारोबार भइरहेको तोकिएको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको बिहीबारको कारोबार मूल्य ९२ हजार १५० रुपैयाँ पुगेको छ । बुधबार तेजाबी सुन प्रतितोला ९० हजार ५५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बृद्धि भएको छ ।

प्रकाशित : मंसिर १८, २०७७

प्रतिक्रिया दिनुहोस्