रात्रीकालिन व्यवसायीको माइतीघरमा प्रदर्शन



काठमाडौं : रात्रीकालिन व्यवसाय गर्दै आएका व्यवसायीहरुले व्यवसाय सुचारु गर्न पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

कोभिड संक्रमणको जोखिमका कारण ८ महिनादेखि व्यवसाय बन्द हुँदा आर्थिकरुपमा समस्या परेको भन्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्ने मागसहित उनीहरुले बिहीबार माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले हिजो ठमेलमा प्रदर्शन गरेका थिए । रात्रीकालिन व्यवसायीहरुले विभिन्न नारा लेखिएका व्यानरसहित प्रदर्शन गरेका छन् ।

प्रकाशित :१८ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्