१० किलो चरेससहित एक पक्राउ



बैतडी : बैतडीकाे बुङ्गलमा १० किलो चरेससहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका-९ बस्ने ३० वर्षीय मानबहादुर धानुक रहेको बैतडी प्रहरीले जनाएको छ ।

बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले दिएको जानकारीअनुसार धानुकलाई विशेष सुराकीको आधारमा सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय बैतडीको टोलीले पक्राउ गरेको हो ।

उनले भने,“झोलामा चरेस लिएर पैदल आइरहेका बेला उनलाई समातेका हौँ ।” गए राति ११ बजेतिर जिल्लाको पुर्चौडी नगरपालिका-६ को मोडलीधारबाट पक्राउ गरिएको समूहले जनाएको छ । थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित :१९ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्