कांग्रेसले मंसिर २९ गते देशभर प्रदर्शन गर्ने



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशभर प्रर्दशन गर्ने भएको छ ।

शुक्रबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले सरकारविरुद्ध मंसिर २९ गते देशभर विरोधसभा तथा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

बुधबार गृहजिल्ला तनहुँमा बोल्दीखोलाको पुल उदघाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सुरक्षाकर्मीले धरपकड गरी ३ घण्टा नियन्त्रणमा लिएको विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।

उक्त घटनालाई सरकारको स्वेच्छाचारी गतिविधिवि भन्दै कांग्रेसले ७७ वटै जिल्लामा विरोधसभा गर्ने निर्णय गरेको हो । विरोधसभालाई शीर्ष नेताहरुले जिल्ला जिल्ला पुगेर सम्बोधन गर्ने छन् ।

सभपाति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले संसदको हिउँदे अधिवेशन तत्काल बोलाउन माग गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित : १९ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्