हुम्ला दुर्घटना अपडेट : घाइते एक जनालाई थप उपचारका लागि नेपालगञ्ज लगियो



हुम्ला : हुम्लाको सिमकोट गाउँपालिका–७ डाडाफयामा शुक्रबार भएको जीप दुर्घटनामा परी घाइते भएकामध्ये एक जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

हुम्ला अस्पतालमा उनको उपचार सम्भव नभएपछि चिकित्सकको सल्लाह अनुसार नेपालगञ्ज लगिएको हो ।

शुक्रबार राति ११ बजे बिरामी लिन हेप्काखोला गएको जीप बिरामी लिएर सिमकोट फर्किने क्रममा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए ।

दुर्घटनामा परि टाउकोमा चोट लागेका बाजुरा जिल्ला स्थायी घर भएका हाल सिमकोट बजारमा मोबाइल मर्मतको पसल सञ्चालन गर्दै आएका कवि सिंहलाई थप उपचारको लागि नेपालगञ्ज लगिएको डा. टसी आङ्जु लामाले जानकारी दिए ।

सिंहलाई हवाईजहाजबाट नेपालगञ्ज पठाइएको छ । टाउकोमा चोट लागेका सिंहको सिटिस्क्यान गर्नुपर्ने तर सो सुविधा हुम्ला अस्पतालमा नभएपछि जिल्ला बाहिर रिफर गर्नु परेको हो । सिंहको शरिरमा पनि चोट लागेको छ ।

यो पनि

हुम्लामा जिप दुर्घटना : चारको मृत्यु, ७ जना घाइते

प्रकाशित : मंसिर २०, २०७७

प्रतिक्रिया दिनुहोस्