१०२४ जना कोरोना संक्रमित थपिए, १० जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार २४ कोरोना संक्रमित भेटिएका छन् भने १० जनाको मत्यु भएको छ ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ ।

नेपालमा हालसम्म १७ लाख ७८ हजार २४ जनाको पिसिआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा ५ सय ३६ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कूल संक्रमितमध्ये १४ हजार २ सय २५ जना सक्रिय संक्रमित रहेका छन् ।

आज २ हजार २ सय ६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कूल निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ।

प्रकाशित :२० मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्