डोटीको जंगलमा शव फेला



डोटी : डोटीको जंगलमा एक शव फेला परेको छ ।

जिल्लाको पूर्वीचौकी गाउँपालिका-७ गोजेडामा ४० वर्षीय देवबहादुर साउद मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ ।

उनी गत मंसिर १२ गते कामका लागि भारत जाने भन्दै घरबाट हिँडेका थिए । तर उनको शव कुहिएको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ । थप अनुसान्धन भइरहेको छ ।

प्रकाशित :२१ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्