नेकपा बैठकमा को-को भए उपस्थित



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालयमा चलिरहेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकको अध्यक्षता गरिरहेका छन् । तर, वरियतामा पहिलो रहेका अध्यक्ष केपी शर्मा ओली भने बैठकमा उपस्थित भएका छैनन् ।

बैठकमा सबै सचिवालय सदस्यहरु सहभागी छन् । बैठकको माथिल्लो लहरमा सचिवालय सदस्यहरु छन् । बीचमा अध्यक्ष प्रचण्ड छन् ।

उनको बायाँतर्फ वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल बसेका छन् । उपाध्यक्ष बामदेव गौतमलाई प्रचण्डले बायाँतर्फ राखेका छन् । सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल बामदेवको दायाँतर्फ छन् भने उनको दायाँतर्फ महासचिव विष्णु पौडेल छन् । माधवकुमार नेपालको बायाँतर्फ प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् ।

श्रेष्ठको बायाँतर्फ गृहमन्त्री सचिवालय सदस्य रामबहादुर थापा बादल छन् । बैठकमा स्थायी कमिटी सदस्यहरु भीम रावल, सुवास नेम्वाङ, गोकर्ण बिष्ट, रघुजी पन्त, वेदुराम भुषाल, पृथ्वी सुब्बा गुरुङ ,देब प्रसाद गुरुङ, लेखराज भट्ट , शंकर पोख्रेल ,टोपबहादुर रायमाझी, हरिबोल गजुरेल ,किरण गुरुङ, ,शक्ति बहादुर बस्नेत ,जनार्दन शर्मा पनि उपस्थित छन् ।

स्थायी कमिटी सदस्यहरु वर्षमान पुन, मातृका यादव, घनश्याम भुषाल, योगेश भट्टराई, पम्फा भुषाल, अष्टलक्ष्मी शाक्य, भीम उपाध्याय, देवेन्द्र पौडेल, अमृतकुमार बोहरा, नन्द प्रसाईलगायत पनि उपस्थित छन् ।

प्रकाशित :२१ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्