डा.प्रमोद यादव जनकपुर प्रादेशिक अस्पतालको मेसुमा नियुक्त



काठमाडौं : जनकपुर प्रादेशिक अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा.प्रमोद यादवलाई नियुक्त गरिएको छ ।

डा.यादवलाई शुक्रबार प्रादेशिक अस्पतालको जिम्मेवारी दिइएको हो । उनले अस्पतालको जिम्मेबारी शुक्राबार नै ग्रहण गरेका थिए । जनरल सर्जन डा.यादव यसअघि ट्रमा सेन्टरमा कार्यरत रहेका थिए ।

प्रकाशित :२१ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्