जाडोमा घाम ताप्दा कस्तो फाइदा हुन्छ ?



काठमाडौं : जाडो महिला शुरु भइसकेको छ । यस मौसममा अधिकांश मानिसहरु सूर्यसँग मित्रता राख्न मनपराउँछन् । किन भने घाम ताप्नाले भिटामिन ‘डी’ मात्र प्रदान गर्दैन यसले स्वास्थ्यको लागि अन्य धेरै फाइदाहरु पनि पुर्याउँछ ।

भिटामिन–‘डी’ : हामी सबैलाई थाहा, सूर्यबाट भिटामिन ‘डी’ प्राप्त हुन्छ । जसले हड्डीहरूलाई बलियो बनाउन मद्दत गर्दछ । यससँगै सूर्यले चिसोका कारण हुने दुखाइ राहत प्रदान गर्दछ ।

निन्द्रा लाग्छ : मेलाटोनिन हर्मोन सूर्यको किरणले हाम्रो शरीरमा उत्पादन गर्दछ । यस हार्मोनको कारण राम्रो र आरामदायी निन्द्रा लाग्छ । साथै यसले मानसिक तनावलाई पनि कम गर्दछ ।

तौल कम हुनु : घाम ताप्दा शरीरमा कोलेस्ट्रोल कम हुन्छ जुन तौल घटाउन सहयोग गर्दछ ।

प्रकाशित : मंसिर २३, २०७७

प्रतिक्रिया दिनुहोस्