सर्वदलीय बैठकमा ओलीले भने– संविधान विरोधी गतिविधि रोक्न एक हौं



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार ११ बजेदेखि शुरु भएको बैठक तीन घण्टासम्म चलेको हो ।

बैठकमा प्रधानमन्त्री ओलीले संविधान विरोधी गतिविधि नियन्त्रणमा सम्पूर्ण दललाई एक हुन आह्वान गरेका छन् ।

प्रधानमन्त्रीका प्रसे सल्लाहकार सूर्य थापाका अनुसार बैठकको शुरुमा राजनीतिक दलका नेताहरुलाई स्वागत गर्दै ओलीले सो आह्वान गरेका हुन् ।

‘प्राप्त उपलब्धिहरूको रक्षा, संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन सबैमा आग्रह गर्नुभएको छ,’ उनले भने ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेपाल कम्यनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्रीहरु लगायतका नेताहरु सहभागी थिए ।

यो पनि

राप्रपाबिनै सर्वदलीय बैठक

सर्वदलीय बैठकबाट बाहिरिए काँग्रेस सभापति देउवा

प्रकाशित : मंसिर २३, २०७७

प्रतिक्रिया दिनुहोस्