पोखरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु



पोखरा : जिल्लामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१७ की ७४ वर्षीया महिला र तनहुँको म्याग्दे गाउँपालिका–२ का ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएको पोखराकी ७४ वर्षीया महिलाको शनिबार राति ८ः४० बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै मंसिर २४ गते कोरोना संक्रमित पुष्टि एको तनहुँका ६० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार बिहान ९ बजेर ३० मिनेटमा मृत्यु भएको डा. शर्माले बताए ।

प्रकाशित : मंसिर २८, २०७७

प्रतिक्रिया दिनुहोस्