बाँकेमा कोरोना संक्रमित पुरुषको मृत्यु



नेपालगञ्ज : बाँकेमा आइतबार कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको कोरोना परीक्षणमा ती व्यक्तिको रिपोर्ट पोजेटिभ भएको थियो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निवासी ५४ वर्षीय पुरुषको आइतबा राति साढे १२ बजे भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

यसअघि स्वास्थ्यमा समस्या आएपछि उनलाई सेती अस्पताल लगिएको थियो । त्यहाँ कोरोना परीक्षण गर्दा रिापोर्ट नेगेटिभ आएको थियो ।

त्यसपछि उनलाई भेरीमा ल्याइयो । मंसिर २२ गते भेरीमा कोरोना पोजेटिभ रिपोर्ट आयो । उपचारमा रहेका उनको आइतबार राति निधन भयो ।

बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा ६९ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्