सुकुम्बासी बस्तीमा आगलागी



काठमाडौं : काठमाडौं महानगरपालिका-३१ स्थित शान्तिनगरमा रहेको सुकुम्बासी बस्तीमा आगलागी भएको छ ।

ग्यास लिंक भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त तीनकुनेका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए । सुरुमा एउटा घरबाट सल्किएको आगो अन्य घरमा पनि फैलिएको थियो ।

केहीबेर अघिबाट शुरू भएको आगो निभाउने प्रयास भइरहेको बस्नेतले बताए । दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो निभाउने प्रयास गरिरहेका छन् । थप विवरण आउन बाँकी छ ।

प्रकाशित :२९ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्