ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु



बैतडी : बैतडीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा दोगडाकेदार-८ का २६ वर्षीय नरेशबहादुर विष्ट रहेका छन् । सिल्लेगडाबाट सरिया सिमन्ट बोकेर कुुकुुडेपानीतर्फ जाँदै गरेको सु प प्र ०१ ००२ त ४९५७ नम्बरको ट्रयाक्टर दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा-माल्लेक सडकखण्डको घोडेधारमा आज बिहान दुर्घटना भएको हो ।

ट्रयाक्टरमा रहेका अन्य ४ जना सकुसल रहेका छन् भने शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडीमा पठाइएको प्रहरीको भनाइ छ ।

प्रकाशितः २ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्