शनिबार उपत्यकामा ४० सवारी दुर्घटना, २८ घाइते



काठमाडौं : काठमाडौं उपत्यकाभित्र शनिबार ४० वटा सवारी साधन दुर्घटना भएको छ भने २८ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

शुक्रबारदेखि सवारी साधनमा लगाएको जोरबिजोर प्रणाली हटेसँगै दुर्घटनामा वृद्धि भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यता तीन महिनापछि सवारी साधनमा लगाएको जोरबिजोर प्रणाली हटेपछि ट्राफिक प्रहरील सडकमा आफ्नो सक्रिया बढाएको छ ।

सडकमा हुने जाम, ट्राफिक नियम उल्लङ्घन तथा याात्रुहरुलाई ठगी गर्ने सार्वजनिक सवारी सााधनलाई कारबाहीको दायरमा ल्याउन सक्रियता बढाएको हो ।

काठमाडौं उपत्यकाभित्र दैनिक ११ सयभन्दा बढी ट्राफिक प्रहरी सडकमा खटिने गरेका छन् । शनिवार मात्र महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुबाट बढी भाडा असुल्ने १४ जना ट्याक्सी चालकलाई कारबाही गरेको जनाएको छ । त्यस्तै काठमाडौं उपत्यकाभित्र भित्रिने र बाहिरिने सवारी सङख्यामा पनि वृद्धि हुँदै गएको छ ।

पछिल्लो तीन सातादेखि काठमाडौं उपत्यकाभित्र विभिन्न नाकाबाट आउने र जाने सवारीको संख्या ७ हजार बढी भएको छ ।

शनिवार पनि ७ हजार ३ सय ५९ सवारी साधन उपत्यकाभित्र प्रवेश गरेका छन् । सोही समयमा ७ हजार ५ सय ५ वटा सवारी साधन भित्रिएको ट्राफिकको तथ्याङकले देखाउँछ ।

प्रकाशित : पुस ५, २०७७

प्रतिक्रिया दिनुहोस्