थप ५८८ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा थप ५८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार १०९७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४३ हजार ६ सय ६४ पुगेको छ ।

हाल देशभर ८ हजार ३ सय २० जना सक्रिय संक्रमित छन् भने ४ सय २१ जना क्वारेन्टिनमा छन् । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित : पुस ५, २०७७

प्रतिक्रिया दिनुहोस्