प्रधानमन्त्रीको कदम जायजः नेता रायमाझी



काठमाडौं : नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षधर नेता टोपबहादुर रायमाझीले आफ्नै पार्टीबाट बारम्बार असहयोग भएपछि र अविश्वासको प्रस्ताव दर्ता गराएपछि बाध्य भएर संसद विघटन गरेर नयाँ जनादेशको लागि चुनावमा जाने घोषणा भएको दाबी गरेका छन् ।

रिपोर्टर्स क्लबले बुधबार काठमाडौंमा गरेको साक्षात्कारमा नेता रायमाझीले भने, ‘सरकारलाई प्रमुख प्रतिपक्षी दलबाट असहयोग थिएन तर नेकपाकै केही साथीहरुले हातखुट्टा बाँध्ने काम गरे ।’

‘पार्टीका नेताहरुबाट विशेष अधिवेशनमार्फत अविश्वासको प्रस्ताव अघि बढाएपछि प्रधानमन्त्रीले संसद विघटन गर्नुभयो । यो उहाँको बाध्यात्मक कदम हो’, उनले भने ।

सरकार असफल भयो, काम गर्न सकेन भन्नेहरु कम्तिमा मध्यावधिमा जाने भनेपछि खुशी भएर निर्वाचनमा जानुपर्ने भन्दै उनले सरकारले काम गर्न सकेन भन्नेहरुले सरकारको निर्णयलाई सम्मान गर्नुपर्ने उल्लेख गर्दै उनले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार रहेको दाबी गरे ।

उनले कुनैपनि हालतमा संसद पुनर्स्थापना नहुने पनि जिकिर गरे रायमाझीले तोकिएकै मितिमा चुनाव सम्पन्न हुनेपनि विश्वास दिलाए ।

प्रकाशित : पुस ८, २०७७

प्रतिक्रिया दिनुहोस्