सुर्खेतमा कोरोना संक्रमित महिलाको मृत्यु



सुर्खेत : कोरोना संक्रमणबाट सुर्खेतमा थप एक महिलाको मृत्यु भएको छ । प्रदेश अस्पताल सुर्खेतमा उपचाररत सुर्खेत चिङाड गाउँपालिका–५ का ७३ वर्षीया महिलाको बुधबार राति मृत्यु भएको हो ।

शरिर सुन्निएको र सास फेर्न गाह्रो भएको अवस्थामा पुस ६ गते ती महिला प्रदेश अस्पतालमा भर्ना भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

अस्पताल भर्ना भएपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि ती महिलालाई आइसियुमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको बुधबार राति ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

कर्णालीमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित : पुस ९, २०७७

प्रतिक्रिया दिनुहोस्