आज ६०८ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु



काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ८ जना कोरोना संक्रमित थपिएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

गत २४ घण्टामा ४ हजार १४२ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ८ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३९२ पुगेको हो ।

शुक्रबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय १६ पुगेको छ । हाल ३६९ सय जना क्वारेन्टाइनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८९२ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ४८ हजार २९२ पुगेको छ भने कुल संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशितः १० पुष, २०७७

प्रतिक्रिया दिनुहोस्