केपी ओली गोमन सर्प रहेछन् : झलनाथ खनाल



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली रिसइबी साँध्ने व्यक्ति भएको टिप्पणी गरेका छन् ।

उनले ओलीलाई गोमन सर्प भएको समेत आरोप लगाए । एमालेको आठौँ माहाधिवेशनमा आफू हारेपछि ओलीले प्रतिशोध, इगो र इख पालेको भन्दै त्यसै कारण नेताहरुमाथि रिसइवी देखाउने गरेको उनले बताए ।

‘उहाँ गोमन सर्प जस्तै हुनुहुँदोरहेछ,’ खनालले भने,‘गोमन सर्पलाई हिर्काउने मान्छेको तस्वीर दिमागमा राख्ने र मौका पाउँदा ठुङ्ग्ने गर्छन् ।’ उनले पार्टी फुटाउन संसदीय दल र केन्द्रीय कमिटीमा ४० प्रतिशत आवश्यक पर्ने भएकाले संसद विघटन भएको बेला केन्द्रीय कमिटीमा ४० प्रतिशत चाहिन्छ त्यसैले नेकपा अहिले नफुटेको तर चोइट्याउन खोजिएको हो ।

प्रकाशितः १० पुष, २०७७

प्रतिक्रिया दिनुहोस्